• १३ वैशाख २०८१, बिहिबार

लुम्बिनीमा तेक्वान्दोको ग्रेडिङ

blog

तेक्वान्दो ग्रेडिङमा सहभागिहरु । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, चैत ९ गते । नेपाल तेक्वान्दो सङ्घ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो सङ्घको केन्द्रीय कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका तेक्वान्दो डोजाङ्ग प्रमुखलाई यक्रुप्ता र परीक्षा कसरी लिने भन्ने विषयमा तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेष्ट तालिम प्रदान गरिएको हो ।

तालिममा नवलपरासीबाट १२, रुपन्देहीबाट ११, रोल्पाबाट ४, प्युठानबाट १, दाङबाट २१, बर्दियाबाट ४ र बाँके जिल्लाबाट ११ जना तेक्वान्दो सिनियर र जुनियर डोजाङ्ग प्रमुखहरूको सहभागिता रहेको नेपाल तेक्वान्दो सङ्घ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले बताउनुभयो । 

तालिमका प्रमुख प्रशिक्षक टारजन सुब्बा, कविराज खडकी र भीम बहादुर बिक रहनु भएको थियो । तालिमको समापन नेपाल तेक्वान्दो सङ्घका महासचिव दिपराज गुरुङले प्रमाणपत्र वितरण गरेर गर्नुभयो ।

सो अवसरमा महासचिव गुरुङले यस तालिमबाट डोजाङ्ग प्रमुखलाई आ आफ्नो जिल्लामा काम गर्न सहज हुने बताउनुभयो ।