क्यानमा भाँडभैलो, कार्यवाहक सचिव मल्लको राजीनामा
नेपाल टी–२० लिग क्रिकेटमा खेल मिलेमतो भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) मा समेत भाँडभैलो मच्चिएको छ । क्यानको मंगलबार मात्र पोखरामा नेपाल टी–२० लिग, पूर्व कप्तान सन्दीप लामिछाने प्रकरण, क्यानको साधारण सभा लगायत विषयमा निर्णय गर्न पोखरामा बोर्ड बैठक बसेको थियो ।
क्षमता अभिबृद्धि तालिम सुरु
राष्ट्रिय खेलकुद परिषद्न्त (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस : नेपाल प्रहरीलाई स्वर्ण
नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको छ ।
सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता
क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज (मङ्गलबार) निवेदन दर्ता भएको छ ।
साफ यू–२० महिला टोलीको बिदाइ
बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
सुस्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट
हालै थाइल्यान्डमा सम्पन्न एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप अन्तर्गत महिला ४८ केजी तौल समूहमा रजत जित्न सफल नेपालकी बक्सर सुस्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट हुनुभएको छ ।
विजयनगरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
गुरुङलाई छैटौँ व्यास नगर अल्ट्रा म्याराथन उपाधि
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।
शहीदप्रति श्रद्धाञ्जलि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम भएको थियो ।
महिला टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडी
भारतसँग हुने मैत्रीपूर्ण महिला फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बराबरीमा रोकियो पीएसजी
फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्ससँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपालका तीन खेलाडीले मोई थाई विश्व च्याम्पियनसिप खेल्दै
थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म आयोजना हुने डब्लुबीसी मोई थाईको विश्व च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोसिडाडसँग बराबरीमा रोकियो रियल
स्पेनि ला लिगा फुटबलको उपाधि दावेदार टोली रियल म्याड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा आइतबार राति गोलका लागि अवसर बनाएपनि रियलले गोल गर्न सकेन ।
भलिबलमा नयाँ प्रतिभा खोजीका लागि २० लाख सहयोग
विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ ।
प्रकाश र समपाल्मुलाई ताप्लेजुङ दौड उपाधि
ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ ।
जोकोभिचलाई अष्ट्रेलियन ओपन उपाधि
अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।
अन्तर सरकारी सञ्चारमाध्यम फुटसलमा नेपाल टेलिभिजन च्याम्पियन
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।
राजर्षि जनक कप विजेतालाई १० लाख
‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ ।
सम्झना कप टेबलटेनिसको तयारी पूरा
पाँचौँ संस्करणको सम्झना कप टेबलटेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक ललितपुर टेबलटेनिस क्लबले आइतबार पत्रकार सम्मेलनगरी माघ १७ देखि २१ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान
थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गिरोनामाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसैको मैदानमा १–० गोलले हरायो ।
क्यान अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग
नेपाल क्रिकेट सङ्घ (क्यान) का सात जना केन्द्रीय सदस्यहरूले सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।
पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन
तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्।