• ४ जेठ २०८१, शुक्रबार

थ्री नेसन्स कप फुटबल : नेपालको विजयी सुरुवात

blog

दोस्रो गोल गरेपछि नवयुग श्रेष्ठसँग खुसी साट्दै नेपालका खेलाडी। तस्बिर: विकास द्वारे

काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गर्नुभएको हो। नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले  गर्नुभयो । 


 कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गर्नुभएको हो । खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बन्नुभएको छ । 

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ। 

यो पनि पढ्नुहोस

पहिलो जितसँगै नेपालले ३ अंक जोडेको छ ।