• २७ असार २०८२, शुक्रबार

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, असार २६ गते।  कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।  बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसले शुक्लाफाँटा नगरपालिका–१ बनसाह तल्लोचौराहमा सडकमा हिनिरहेको अवस्थामा ५५ वर्षीय द्रोपती भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका भट्टको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताउनुभयो।  

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताउनुभयो।