नाम काटिएपछि एन्फा उपाध्यक्ष शाही एयरपोर्टबाटै फिर्ता
रुवान्डामा आयोजना हुन लागेको विश्व फुटबल महासंघ (फिफा) को ७३औं कंग्रेसमा भागलिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) पुग्नुभएका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही एयरपोर्टबाटै घर फर्कन बाध्य हुनुभएको छ ।
यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने
स्पिनर सन्दीप लामिछाने मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पीएनजीमाथि नेपालको सहज जित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।
नेपाललाई पीएनजीको ९६ रनको सहज लक्ष्य
सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
राफिन्हाको गोलमा बार्सिलोना विजयी
शीर्षटोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई उसैको मैदानमा १-० गोलले हरायो ।
आर्सनलको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनलले फुलहाममाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले फुलहामलाई उसैको मैदानमा ३-० गोलले हरायो ।
नेपाल पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
लुम्विनीमा एकेडेमीको राष्ट्रिय भेलाको तयारी
सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दैआएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेभएको छ ।
विनेश र संयोग फाइनलमा
नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
जितले बलियो टोलीसँग खेल्ने मौका : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सँगको जितसँगै एकदिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका मिलेको बताउनुभएको छ ।
मनाङ र मच्छिन्द्र बराबरीमा रोकियो
मनाङ मर्स्याङ्दी क्लब र साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकप छनोट खेलबाट दुई खेल टाढा
नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।
नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
उपाधि दौड बलियो बनाउँदै पीएसजी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।
म्यानचेस्टर सिटी र चेल्सी विजयी
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।
महत्वपूर्ण खेलमा नेपाल युएईविरुद्ध पहिले ब्याटिङ गर्दै
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
एपीएफ र जावलाखेलको बराबरी
विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।
लिजेन्ड्स लिग क्रिकेट : पारसको एसिया लायन्स विजयी
नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।
चर्च ब्वाइज लयमा
नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लयमा देखिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो ।
सुस्मितालाई टेबलटेनिसमा स्वर्ण
प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ ।
कबड्डी टोली बंगलादेश जाने
तेस्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
लिगमा थ्रीस्टारको पहिलो जित
थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले नवप्रवेशी खुमलटार एफसीलाई २–० गोलले हरायो ।
युएईमाथि पीएनजीको सहज जित
आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हरायो ।
थापाद्वारा तेस्रो क्रस कन्ट्री दौडको उपाधि रक्षा
फलेबास २ थापाठानाका अनिस थापामगरले तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता खुला २० किमीतर्फको उपाधि रक्षा गर्नुभएको छ ।