फिदिम स्पोर्टिङलाई उपाधि
चौथो फिदिम नगर गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबले जितेको छ ।
सङ्कटा सेमिफाइनलमा प्रवेश
सङ्कटा क्लब पोखरामा जारी २२औँ आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा सङ्कटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो ।
फार वेस्टलाई हराउँदै जनकपुर प्लेअफ नजिक
जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार पेस्ट युनाइटेडलाई ८२ रनले हरायो । जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत् छ ।
टोट्टनहाम हार्दा चेल्सी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाम पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहाम एस्टन भिल्लासँग २–० गोलले पराजित भयो । अर्को खेलमा चेल्सी नटिङ्घमसँग १–१ गोलको बराबरीमा रोकियो ।
मेस्सी र नेयमारको अभावमा पीएसजी स्तब्ध
टोलीका प्रभावशाली खेलाडी खेलाडी लियोनल मेस्सी र नेयमारविनै प्रतिस्पर्धा गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पहिलो हार खेपेको छ । कतार विश्वकप पछि सुरु भएको लिगमा आइतबार राति पीएसजी लेन्ससँग ३–१ गोलले स्तब्ध भयो ।
नेपाल टी–२० क्रिकेट : लयमा फर्कियो पोखरा
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।
खेलकुद क्षेत्रलाई सरकारले हेर्नुपर्छ : एमाले अध्यक्ष ओली
सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनी प्लेअफमा
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । वित्रि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो ।
फुटबल खेलाडी सिम्रन गाउँमा सम्मानित
झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।
सङ्कटामा पुनः इन्द्रमान
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सङ्कटाको अध्यक्षमा इन्द्रमान तुलाधर फेरि निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले तुलाधरलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
स्पान्योलसँग बार्सिलोनाको बराबरी
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए ।
अङ्क दुरी बढाउँदै आर्सनल
शीर्षटोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा आफ्नो अग्रता थप बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई उसैको मैदानमा ४–२ गोलले हरायो ।
जनकपुरमाथि काठमाडौंको सहज जित
काठमाडौं नाईट्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रन ले हरायो ।
तमु ल्होसारमा आयोजित भलिबल उपाधि फुरुम्बुलाई
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका-१० फुरुम्बुले जितेको छ।
रोनाल्डो अब साउदी अरबमा
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि उहाँको नयाँ गन्तब्यको विषयमा चासो र चर्चा बढेको थियो । कतार विश्वकप जारी रहँदा युनाइटेडसँगको सम्झौता टुङ्ग्याएपछि रोनाल्डो कहाँ जानुहुन्छ भन्ने ब्यक्त जासोलाई उहाँले शुक्रबार राति अन्त्य गर्नुभएको छ ।
बेन्जेमा चम्किएपछि रियल शीर्षस्थानमा
फ्रान्सेली स्टार करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालको छ । शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।
हाफ म्याराथनमा दिवस र पेम्बाल्हमु प्रथम
ताप्लेजुङमा तमु ल्होसार अवसरमा आयोजित पुरुष हाफ तथा महिला म्याराथन (दौड) प्रतियाेगितामा पुरुषतर्फ दिवस लिम्बू र महिलातर्फ पेम्बाल्हामु शेर्पा प्रथम हुनुभएको छ।
तेक्वान्दो विवाद : निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासङ्घले नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलाई महासंघमा आवद्ध भएर समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।
पोखरालाई पहिलो सफलता
पोखरा रेन्जर्सले काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई तीन विकेटले हरायो ।
जिल्लास्तरीय बुद्धिचालमा सेम सुब्बा लिम्बू प्रथम
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा सेम सुब्बा लिम्बू प्रथम हुनुभएको छ ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनीको अपराजित यात्रा जारी
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । त्रिवि क्रिमेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हरायो ।
सेन्ट्रल जोन बीच भलिबलमा नेपाल दोस्रो
बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा नेपाल दोस्रो भएको छ । नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो ।
एट्लेटिकोको सहज जित
एट्लेटिको म्याड्रिडले स्पेनि ला लिगामा सहज जित निकालेको छ । कतार विश्वकप पछि बिहीबार राति देखि पुन: सुरु भएको लिगमा एट्लेटिकोले इल्चेलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गर्नुभयो ।