निशा राई
धरान, फागुन १६ गते। २३ औं बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मङ्गलबार भएको बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ सेमिफाइनलमा प्रवेश भएको हो।
धरान रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। खेलसँगै सेमिफाइनल समीकरण पनि पुरा भएको छ।
खेलको म्यान अफ द म्याच एन्फा मोरङको गोल किपर रमिजाय गच्छदार घोषित हुनुभयो। बुधबार काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र युकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ।
यस खेलको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछ।