• ६ जेठ २०८१, आइतबार

सातदोबाटोलाई रोयल ब्लुको साथ

blog

काठमाडौं, फागुन १८ गते । सातदोबाटो युथ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई दृष्टिगत गरी मुख्य प्रायोजकसँग सम्झौता गरेको छ ।

ललितपुरमा बिहीबार एक कार्यक्रमबीच क्लबले सागर डिस्टिलरी प्रालिको रोयल ब्लुसँग मुख्य प्रायोजकको सम्झौता गरेको हो । सम्झौताको अवधि एक वर्षको रहने बताइएको छ ।

मुख्य प्रायोजकको रुपमा क्लबको नामसँग रोयल ब्लु जोडिनेछ । रोयल ब्लुलाई क्लबले जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रमहरुमा प्रचारात्मक सहयोग गर्नेछ । ‘ए’ डिभिजन लिग शुक्रबारबाट दशरथ रङ्गशालामा शुरु हुँदैछ ।