• ६ जेठ २०८१, आइतबार

विवादबीच सकियो एन्फा बैठक

blog

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ (बीचमा) । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १७ गते । बहुमत कार्यसमिति सदस्यले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक विभिन्न २० वटा निर्णय गर्दै सकिएको छ ।

२१ सदस्यीय एन्फा कार्यसमितिको बैठकमा १२ जना पदाधिकारीले आफुहरुको विभिन्न एजेन्डा बैठममा पेश नगरिएको भन्दै बैठक बहिस्कार गरेका थिए ।तर अध्यक्ष पंकजविक्रम नेम्वाङलेको अध्यक्षमा बुधबार बसेको वैठकले  प्रधानमन्त्री थ्री नेसन कप फुटबल आयोजना गर्नेदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक  इटालीका भिन्सेन्जो अल्बर्टो एनीसलाई नियुक्त गर्ने लगायत निर्णय गरेको छ ।

गत भदौमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक बिहिन थियो । बैठकमा बहुमत पदाधिकारीले फुटबल विकासका लागि आफुहरुको एजेन्डा समावेश गर्न अध्यक्ष पंकज समक्ष राखेका थिए । 

बहुमत पदाधिकारीको एजेन्डामा एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने माग समेत समावेश थियो । तर कार्यसमिति सदस्यको माग सुनुवाई नभएपछि वैठकमा विवाद भएको थियो ।

विवादपछि एन्फाका तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले उपस्थित पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । बैठक बहिस्कार गर्नेहरुमा उपापाध्यक्षहरु दिर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा, सदस्यहरुमा भोजराज शाही, टिका लामा, रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, भरत बुढथापा, पेमा डोल्मा लामा र महेन्द्र क्षेत्री हुनुहुन्छ ।

वैठक बहिस्कार गरेपछि असन्तुष्ट बहुमत पदाधिकारीले पत्रकार सम्मेलन गर्दै गणपुरक संख्यानै नपुगेकोले एन्फा कार्यसमिति बैठकको बैधानिकता नरहेको बताएका थिए । उपाध्यक्ष दीपक खतिवडाले बहुमत पदाधिकारीको एजेन्डालाई समावेश नगरिनु, अध्यक्ष अल्मपतको निर्णयको आधारमा अगाडि बढ्नु गल्ती भएको र आफुहरुले विरोध गरेको बताउनुभयो । 

विवादका बीच अध्यक्ष नेम्वाङले कार्यसमिति बैठकमार्फत २० निर्णय गराउनु भएको हो । एन्फा बैठकले गरेका थप निर्णयहरुमा नेपाललमा ओलम्पिक गेम्सको एसिया छनोट आयोजना गर्ने, ‘बी’ र ‘सी’ डिभिजन लिगको नयाँ मिति तय गर्ने, जिल्ला लिगदेखि उमेर समूहका प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न स्थायी कमिटीको संयोजन चयन गर्ने, आपतकालिन समिति गठन गर्ने, नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको लागि सुचना प्रकाशन गर्ने, विभागीय प्रमुखको नियुक्ति गर्ने लगायत निर्णय गरेको छ ।