• १ पुस २०८२, मङ्गलबार

लालबन्दीका विद्यार्थीलाई सनफ्लावर एकेडेमीको न्यानो कपडा

blog

सर्लाहीको लालबन्दी नगरपालिकास्थित नारायण जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिँदै।

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । काठमाडौँँको तारकेश्वर–६ स्थित सनफ्लावर एकेडेमीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित नारायण जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

एकेडेमीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण गरेको सञ्चालक प्रदीप रेग्मीले जानकारी दिनुभयो । 

उहाँले जाडो बढेसङ्गै तराइका विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले एकेडेमीले आफ्नो सामाजिक दायित्व निर्वाह गरेको बताउनुभयो ।

सञ्चालक रेग्मीका अनुसार नारायण जनता माविका ३८७ जना विद्यार्थीलाई टोपी, स्वेटर र ट्र्याकसुट वितरण गरिएको छ । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा कपडा वितरण गरिएको हो । 

त्यस्तै एकेडेमीले रौतहटको चन्द्रपुर नगरपालिका दीपज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरेको छ । 

सोमबार आयोजित एक कार्यक्रमबीच एकेडेमीले उक्त विद्यालयका १२६ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो । 

शिक्षाबाहेक निजी विद्यालयहरुको पनि समाजमा आफ्नै उत्तरदायित्व हुने महसुस गरेर यस पटक न्यायो कपडा वितरण गरिएको रेग्मीले जानकारी दिनुभयो । उहाँले भविष्य पनि एकेडेमीले यस किसिमका कार्यक्रमलाई थप निरन्तरता दिने बताउनुभयो ।