विश्वकप लिग–२ : नेपाललाई पीएनजीको २०४ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।
एमडीएससी स्पोर्ट्सलाई शहीद स्मारक लिगको मार्केटिङ अधिकार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबलको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिलाई प्रदान गरेको छ ।
सातदोवाटो केपी ओली कप फुटबलको फाइनलमा
सातदोवाटो यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथका ६–५ गोलले हरायो ।
मंगल स्पार्टस् फेस्टामा १३ विधामा प्रतिस्पर्धा हुँदै
मंगल बहुमुखी क्याम्पस र मंगल माध्यमिक विद्यालयको चारदिने स्पार्टस् फेस्टा आइतबार सुरु भएको छ ।
एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको सानदार जित
स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।
अष्ट्रेलियालाई छैटौँ पटक महिला टी-२० विश्वकप उपाधि
आठौँ संस्करणमा महिला टी-२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । केपटाउनमा आइतबार राति भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हरायो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाइ आज (सोमबार) हुँदैछ ।
म्यानचेस्टर युनाइटेड च्याम्पियन
काराबाओ (इएफएल) कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्वली स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो ।
बार्सिलोनालाई अल्मेरियको झट्का
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनालाई अल्मेरियाको नमिठो झट्का लागेको छ ।
प्रथम गोर्खा पाँचथर फुटबल हुने
प्रथम गोर्खा पाँचथर रङ्गशाला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुम्याहाङ क्लबले आयोजना गरेको प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।
मच्छिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा
मच्छिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी भद्रपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हरायो ।
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
क्यानको साधारणसभा सुर्खेतमा सुरु
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरु भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारणसभा आयोजना गरिएको हो ।
आर्सनलको कठिन जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो ।
म्याड्रिड डर्वी बराबरी
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
ओलम्पिक छनोट खेल नेपालमा
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ ।
न्यु डायमन्डलाई यू–१८ महिला भलिबल उपाधि
आयोजक न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
आईसीसी यू–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित
नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।
बुढासुब्बा गोल्डकप : पहिलो खेलमा भारतको जित
२३ औं बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।
जुनियर कबड्डी टोली इरान प्रस्थान
दोस्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।
आर्मी झापा गोल्डकपको फाइनलमा
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा झापाले संकटा क्लबलाई १–० गोलले हरायो ।
दीपक र राजपुरालाई धरान रन उपाधि
“स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा फर्छाइ प्रथम हुनुभएको छ ।
आयोजक केपी ओली एफसी सेमिफाइनलमा
आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा
विभागीय टोली नेपाल एपीएफ क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।