• ६ जेठ २०८१, आइतबार

आर्मी झापा गोल्डकपको फाइनलमा

blog

आर्मी रातो र सङ्कटा सेतो जर्सीमा प्रतिस्पर्धा गर्दै । तस्बिर : गोरखापत्र

लीलाराज  खड्का 

बिर्तामोड, फागुन १३ गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा झापाले संकटा क्लबलाई १–० गोलले हरायो ।

झापाको जितमा अतिरिक्त समयमा चेतन केसीले गोल गर्नुभयो । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि झापाले १०१औं मिनेटमा गोल गरेको हो । 

आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपीएफ फुटबल क्लबबीचको विजेतासँग मङ्गलबार खेल्नेछ । आर्मीका सुरज बस्नेत म्यान अफ दि म्याच हुनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।  

गोल्डकपको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।