• १० मंसिर २०८१, सोमबार

अष्ट्रेलियालाई छैटौँ पटक महिला टी-२० विश्वकप उपाधि

blog

महिला टी-२० विश्वकप उपाधिसहित अष्ट्रेलियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १५ गते । आठौँ संस्करणमा महिला टी-२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । केपटाउनमा आइतबार राति भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हरायो ।

साबिक विजेता समेत रहेको अष्ट्रेलियाको यो छैटौँ विश्वकप उपाधि हो । अष्ट्रेलियाले दिएको एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली अफ्रिका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । 

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ६१ रन बनाउनुभयो । चलोइ ट्रायोनले २५ र मरिजानी कप्पाले ११ रन जोड्नुभयो ।बलिङमा अष्ट्रेलियाका  जीस जोनासेन, ड्रासिक ब्राउन, मिगान स्कुटर र एशले गार्डनिरले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेथ मुन्नीले सर्वाधिक ७४ रन बनाउनुभयो ।

यशले गार्डनिरले २९ र अस्लेसा हिल्लीले १८ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका मरिजानी कप्पा र शबनिम स्वमालीले दुई दुई विकेट लिनुभयो । एजेन्सी