• ११ असोज २०८१, शुक्रबार

जुनियर कबड्डी टोली इरान प्रस्थान

blog

जुनियर कबड्डी टोली । तस्बिर : राखेप

काठमाडौं, फागुन १३ गते । दोस्रो  जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।

फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालका घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दीपेन्द्र यादव, गणेश पार्की र इशरार खानले प्रतिस्पर्धा गर्नुहुनेछ ।

टोलीको प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा वीरेन्द्रकुमार यादव हुनुहुन्छ । 

प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिताकै दौरान हुने एसियाली कबड्डी महासङ्घको बैठकमा भाग लिन अखिल नेपाल कबड्डी सङ्घका अध्यक्ष तुलसी थापा र महासचिव विनोद प्रजापति पनि इरान प्रस्थान गर्नुभएको छ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।