अन्तर विद्यालय करातेमा अन्भी र प्रार्थना विजयी
अन्भी शाही र प्रार्थना बज्राचार्य समृद्धि अन्तरविद्यालय कराते प्रतियोगितामा विजयी हुनुभएको छ ।वेदाङ्ग इन्टरनेशनल स्कुलकी अन्भी छात्रा २० केजी तौल समूहमा पहिलो हुनुभएको हो ।
विश्वकप फाइनल: फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ ।
प्रथम अन्तर विद्यालय कराँते सम्पन्न
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अवस्थित भूपू सैनिक स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
इतिहास रच्ने तर्खरमा मेसी र एमबापे
विश्वका सर्वकालीन महान् खेलाडीको सूचीमा सामेल हुन लियोनेल मेसीका लागि फ्रान्सविरुद्ध आइतबार हुने विश्वकपको फाइनल गर या मरको खेल हुनेछ। हुनतः प्रायजसो प्रतिष्ठित उपाधि जितिसकेको भए पनि अहिलेसम्म आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जिताउन नसक्दा मेसीलाई सर्वकालीन महान् खेलाडीको सूचीमा अटाउन मिल्दैन भन्ने बहस चल्ने गरेको छ।
विश्वकप फाइनल : सर्वश्रेष्ठ खेलाडी दौड रोमाञ्चक मोडमा
कतार विश्वकपको उपाधि भिडन्तमा आइतबार गत विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। विश्वकप सकिएपछि फिफाले विश्वकपको ट्रफीबाहेक अन्य केही अवार्ड पनि सो पुरस्कार वितरण कार्यक्रममा प्रदान गर्ने गर्दछ। जुन पुरस्कारमा गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड रहेका छन्। जुन पुरस्कारहरू ती खेलाडीहरूलाई दिइन्छ, जसले आ–आफ्नो विधामा सर्वश्रेष्ठ प्रदर्शन गरेका हुन्छन्।
मोरोक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।
शिभाली च्याम्पियन
नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
फिफाद्वारा क्लब विश्वकप आयोजनाको घोषणा
विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२५ देखि क्लब विश्वकप आयोजना गर्ने भएको छ ।
फ्रान्सलाई अस्वस्थ खेलाडीको चिन्ता
अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा अस्वस्थ भएका फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेल्नुभएको थिएन। प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने बताउनुभयो। उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी हुनुभएको छ। प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गर्नुभएको छ।
राजीनामा दिने प्रशिक्षक
विश्वकपमा असफल भए पनि प्रशिक्षकको राजीनामा र बर्खास्तीका घटना साधारण मानिन्छ। कतार विश्वकप फुटबलमा राजीनामा दिने प्रशिक्षकमा पोर्चुगलका फर्नान्डो सान्तोष पनि थपिनुभएको छ। उहाँले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो। आठ वर्ष पोर्चुगलको प्रशिक्षक बन्नुभएका सान्तोषले आफ्नो टिम विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको पाँच दिनपछि राजीनामा दिनुभएको हो। ६८ वर्षीय सान्तोषको पोर्चुगल टिमसँग अझै दुई वर्षको सम्झौता बाँकी छ। पोर्चुगलको फुटबल सङ्घले सान्तोषको स्थान लिने प्रशिक्षकको खोजी सुरु गरिसकेको छ।
मोरक्को र क्रोएसियाबीचको रोमाञ्चक भिडन्त
विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थानको भिडन्तलाई प्रदर्शन खेलभन्दा अलि माथिका रूपमा पनि लिइने गर्छ। हुन पनि अहिले अर्जेन्टिना र फ्रान्सबीचको फाइनलको चर्चाले खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार मोरक्को र क्रोएसियाबीच हुने तेस्रो स्थानको खेल पूरै छायाँमा पारेको छ । ‘क्लाइमेक्स’तिर आउँदा च्याम्पियन बन्ने सपना सकिए पनि क्रोएसिया र मोरक्कोको विश्वकपमा पदक जित्ने सम्भावना कायम छ।
उपाधि रक्षाको सँघारमा फ्रान्स
एमबापेको टिम फ्रान्सले बिहीबार बिहान मोरक्कोको विश्वकप फुटबल प्रतियोगितामा ऐतिहासिक यात्रा २–० ले समाप्त पार्दै फाइनलमा स्थान बनाएको छ। फ्रान्स फाइनल पुगेको खुसी मनाउन राष्ट्रपति इमानुअल म्याकरन पनि रङ्गशालामा उपस्थित हुनुहुन्थ्यो। यस नतिजापछि फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त हुने भएको छ। पहिलो सेमिफाइनलमा लियोनल मेसीको प्रेरणामा रहेको टिम अर्जेन्टिनाले क्रोएसियाको चुनौती ३–० ले समाप्त पारेको थियो। विश्व फुटबलका दुई सुपरस्टारबीचको भिडन्त हुने भएकाले पनि विश्वकप फुटबलको फाइनलमा रोमाञ्चक थपिएको छ। फाइनललाई कलियन एमबापे भर्सेज लियोनल मेसीका रूपमा पनि लिइएको छ।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ ।
शेरबहादुरलाई पाँच लाख सहयोग प्रदान
तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक सहयोग प्रदान गरेको छ ।
गोल्डेन बुटको दौडमा मेस्सी भर्सेस एमबाप्पे
कतारमा जारी विश्वकप फुटबलको फाइनल समीकरणको रोचकतासँगै सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको रस्साकस्सी पनि रोचक बनेको छ ।
प्रथम हर्क राई स्मृति फुटबल हुने
प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि जामुनखाडी सिमसारमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक जामुनखाडी स्र्पोटिङ क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित
गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आर्मीका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।
महान् मिडफिल्डर मोड्रिचको विश्वकप यात्रा अन्त्य!
क्रोएसियाका प्लेमेकर लुका मोडिच फिफा वर्ष खेलाडीमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीले एक दशकदेखि बनाएको दबदबाको अन्त्य गर्ने खेलाडी हुनुहुन्छ। सन् २०१८ मा लुका मोड्रिड फिफा वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो। रियल म्याडिडलाई पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि र विश्वकपमा अनपेक्षित रूपमा क्रोएसियालाई फाइनलसम्मको यात्रा गराउन महत्वपूर्ण भूमिका खेलेपछि मोड्रिच सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो।
अल्भारेजको उदय
अर्जेन्टिनाका २२ वर्षीय जुलियन अल्भारेज कतार विश्वकपमा चम्किएका स्ट्राइकर हुनुहुन्छ। यस विश्वकप सुरु हुनुअघि अल्भारेज अर्जेन्टिनाका पहिलो रोजाइका स्ट्राइकर हुनुहुन्थेन। उहाँले समूह चरणको तेस्रो खेलमा मात्र पहिलो रोजाइका फरवार्ड लाउटारो मार्टिनेजको स्थान लिनुभएको हो। सेमिफाइनल सकिँदा उहाँको नाममा चार गोल भइसकेको छ। पोल्यान्ड र अस्ट्रेलियाविरुद्ध गोल गरेका अल्भारेजले क्रोएसियाविरुद्धको सेमिफाइनलमा दुई गोल गरेर आफूलाई गोल्डेन बुटको होडमा सामेल गर्नुभयो। गोल्डेन बुटको लडाइँमा अल्भारेजभन्दा अगाडि किलियन एमबापे र लियोनेल मेसी मात्र हुनुहुन्छ।
विश्वकप उपाधिबाट एक खेल टाढा अर्जेन्टिना
खेलको समयमा लियोनेल मेसीले झुकेर आफ्नो बायाँ तिघ्रामा समात्दा अचानक विश्व फुटबलका प्रायः समर्थक चिन्तित बने। अर्जेन्टिनामा त आतङ्क नै फैलियो। सबैको डर आफ्ना सुपरस्टार मेसीको मांसपेशीमा खिचाव उत्पन्न भयो कि भन्नेमा थियो। जुन चोटले खेलाडीलाई केही खेलका लागि नै मैदानबाट बाहिर पठाउँछ। यसो भएमा क्रोएसियाको भाग्य हुने थियो।
भलिबलको उपाधि मैलौलीलाई
बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।
विश्वकप फुटबल प्रतियोगिताः उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।
साविक विजेता फ्रान्स फाइनलमा
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।
भद्रपुर गोल्डकप हुँदै
ओझेलमा परेको मेची रङ्गशालालाई थप व्यवस्थित गर्दै प्रचार प्रसार गर्ने उद्देश्यले भद्रपुर गोल्डकपको आयोजना हुने भएको छ।