• १२ मंसिर २०८१, बुधबार

राखेप कर्मचारी सङ्घको अध्यक्षमा केसी निर्वाचित

blog

राखेप कर्मचारी संघको निर्वाचित पदाधिकारीहरु ।

काठमाडौं, फागुन ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित हुनुभएको छ । नेपाल गन्जमा फागुन ४ र ५ गते भएको सङ्घको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरूले केसीलाई अध्यक्षमा निर्वाचित गरेका हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुवप्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित हुनुभएको छ ।

यसैगरी महासचिवमा कुमार बस्नेत, उपमहासचिवमा गोपीकृष्ण निरौला, सचिवमा शैलेन्द्र श्रेष्ठ र मीन प्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे निर्वाचित भएको निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिनुभयो । 

सदस्यहरूमा रेखा बस्नेत, विमला कार्की, सानुराजा केसी, दोवे तामाङ, पूर्ण कुमार योन्जन, अजुनबहादुर कार्की, ब्रह्मदेव यादव, बिष्णुलाल श्रेष्ठ, अश्विनी कुमार अधिकारी, प्रविन रानामगर, भिमलाल  विक, ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन हुनुभएको छ ।

प्रदेश समितिका अध्यक्षहरू केन्द्रीय समितिमा पदेन उपाध्यक्ष रहने र केन्द्रीय समितिले पाँच जनालाई सदस्यमा मनोनीत गर्ने व्यवस्था छ ।