• १० मंसिर २०८१, सोमबार

आईसीसी लिग–२ : नेपाललाई नामिबियाको दुई सय ७५ रनको लक्ष्य

blog

नामिबियाको विकेट लिएपछि नेपालका सन्दीप लामिछाने । तस्बिर : क्यान

काठमाडौं, फागुन ६ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई नामिबियाले जितको लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो । 

नामिबियाका लागि जान ग्रिनले ७५ रन बनाउनुभयो । उहाँले ६३ बलमा ११ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले  १५/१५ रन जोड्नुभयो । 


बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गर्नुभएको छ । करण केसीले एक विकेट झार्नुभयो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सिरिजका नेपाल २६ खेलबाट २२ अ.क जोड्दै छैटौँ स्थानमा छ । ३२ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।