मङ्गोलिया, असार २८ गते । मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गर्नुभएको छ । राजधानी उलान बाटोरको एक रङ्गशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गर्नुभयो ।
उहाँले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि आध्यात्मिक शक्ति र आनन्दमय उत्सवको रूपमा वर्णन गर्नुभयो । युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीवद्ध गरेको नादम महोत्सव घुमन्ते देशमा हरेक वर्ष जुलाई ११ देखि १५ सम्म मनाइने आधिकारिक बिदा हो ।
नादम शब्दको अर्थ मङ्गोलियाली भाषामा खेल वा रमाइलो हो । यो महोत्सव राष्ट्रका तीन परम्परागत पुरुष खेलहरूमा केन्द्रित छ । घोडा दौड, धनुर्विद्या र कुस्तीमा यो सम्बन्धित छ ।