नेपाली क्रिकेटले बेहोरेको बदनाम
मैदानभित्र प्रायः खुसी दिने गरेको छ नेपाली क्रिकेटले । विश्वकप टी–ट्वान्टीमा सहभागिता, अनि पहिलो सहभागितामा तीनमध्ये दुई खेलमा दुर्लभ जित, आईसीसीबाट अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता, अन्तर्राष्ट्रिय टी–ट्वान्टीको मान्यता, विगतमा टेस्ट नखेल्ने राष्ट्रबीचको वरीयतामा शीर्ष स्थान– नेपाली क्रिकेट टिमले हासिल गरेका उपलब्धिका केही उदाहरण हुन् यी । अन्तर्राष्ट्रियस्तरमै यस्ता ठूला उपलब्धि नेपाललाई अन्य खेलले दिलाएको छैन । तर अहिले त्यही नेपाली क्रिकेटको मैदानभित्र र
सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा
नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ ।
नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा
नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
पाथिभरा याङवरक र मिक्लाजुङ विजयी
पाँचथरको फिदिम नगरपालिका ६ सिवामा जारी तेस्रो आमन्त्रित पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता अन्तरगत तेस्रो दिनको खेलमा पाथिभरा याङवरक गाउँपालिका (ताप्लेजुङ) र मिक्लाजुङ गाउँपालिका पाँचथर विजयी भएका छन्।
प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको हुने
आइएसए नेपालको आयोजनामा प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने
रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
झापा गोल्ड कपको मुख्य प्रायोजकमा चौधरी ग्रुप
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन मुस्ताङ बियरले गर्ने भएको छ।
साफ यु-२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
नेपालगञ्जमा भलिबल आयोजना हुँदै
नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटलाई फिन्चको बाइ बाइ
अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको हो ।
साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
न्यु डायमण्ड र एपीएफ फाइनलमा
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित
सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।
महिला हक्कीमा आर्मी र लुम्बिनीको विजयी सुरुवात
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की सङ्घको संयुक्त आयोजना प्रतियोगिता भएको हो ।
गोल्डेन एथलेटिक्स मिट : तेज र निशा सर्वोत्कृष्ट
गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको छ । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिनु भएको हो ।
बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।
क्रिकेट प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।
‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
साइक्लिङ दौडमा केलिङ विजयी
ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साहसिक साइक्लिङ दौड प्रतियोगिता गरिएको छ। जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए।
पर्यटनका लागि साहसिक साइकल दाैड
ओखलढुङ्गामा पर्यटन प्रवर्धनका लागि पहिलो पटक साहसिक साइकल दाैड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साइकल दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।
युनाइटेडले जित्दा आर्सनल र लिभरपुल पराजित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।
मेस्सीको निर्णायक गोलमा पीएसजी विजयी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा टुलुसविरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानामा आइतबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोलले हरायो ।
ओखलढुंगालाई रेजिना कप भलिबल उपाधि
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
पत्रकार सुमनको सम्झनामा फुटबल प्रतियोगिता
मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।