• १४ वैशाख २०८१, शुक्रबार

ओखलढुंगालाई रेजिना कप भलिबल उपाधि

blog

उपाधिसहित ओखलढुंगाका खेलाडी । तस्बिर : गोरखापत्र

ध्यान कुलुङ

सङ्खुवासभा, माघ २२ गते । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।

तेस्रो स्थानका लागि भएको खेलमा झापाले खोटाङलाई हरायो । उपाधिसँगै ओखलढुंगाले एक लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पायो । उपविजेता भोजपुरले ५५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गरेको छ । 

प्रतियोगितामा ओखलढुंगाका समिप श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित हुनुभयो । ओखलढुंगाका हरि अधिकारी उत्कृष्ट स्पाइकर, मनोज घिमिरे उत्कृष्ट लिफ्टर, द्वारीका थापा उत्कृष्ट ब्लकर र भोजपुरका सन्तोष राई उत्कृष्ट लिब्रो तथा बालकुमार रायमाझी उत्कृष्ट सर्भर हुनुभयो । माघ १८ गतेदेखि सुरु भएको प्रतियोगिताका १३ टोलीको सहभागिता रहेको थियो ।