नेपाल स्कटल्यान्डसँग पराजित
ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।
भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि
आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो ।
भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु
रुपन्देही सदरमुकाम भैरहवामा आइतबारदेखि स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले हरायो ।
नेपालले दियो स्कटल्यान्डलाई सहज लक्ष्य
कमजोर ब्याटिङ गरेको नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई जितको लागि एक सय ३८ रनको सहज लक्ष्य दिएको छ ।
साबिक विजेता फ्रान्सलाई पोल्यान्ड पन्छाउने चुनौती
कतारमा जारी फिफा विश्वकपमा आज राति प्रिक्वार्टरफाइनल खेलमा साबिक विजेता फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अल थमामा रङ्गशालामा राति ८:४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउने अभियानमा छन् ।
विश्व च्याम्पियन्सीपमा खेल्दै प्रज्वल
नेपाली शारीरिक सुगठनका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा लगातार नेपाललाई पदक दिलाएको इतिहास छ । प्रज्वल शाक्य पनि अहिले सोही गौरवलाई कायम राख्न दुई सिफ्टमा प्रशिक्षक रुजेश शाहीको निगरानीमा दैनिक सात घण्टा अभ्यास गरिरहनुभएको छ ।
नेपाल र स्कटल्यान्ड भिड्दै
नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज (आइतबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा
अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हरायो ।
कतार विश्वकपको विवादास्पद गोल
कतार विश्वकप फुटबल प्रतियोगिताको सबभन्दा विवादास्पद गोल जापानले स्पेनविरुद्ध गरेको दोस्रो गोल रह्यो। सो गोलले सोही समयमा कोस्टारिकाविरुद्ध खेलिरहेको जर्मनीलाई प्रतियोगिताबाटै बिदा ग¥यो।
पोल्यान्डलाई फ्रान्सले कमजोर नठान्ने
विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आइतबार पोल्यान्डविरुद्ध खेल्दै छ। फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याँले पोल्यान्डलाई कमजोर नठान्न आफ्ना खेलाडीलाई चेतावनी दिनुभएको छ। सन् १९८६ पछि फ्रान्सले अहिलेसम्म खेलेका पाँच प्रिक्वाटरफाइनल खेलमा हारेको छैन। तर यो विश्वकप अहिलेसम्म अन्डरडग टिमको प्रतियोगिताका रूपमा अगाडि बढिरहेको छ। त्यसैले पनि प्रशिक्षक डिडियरले आफ्ना खेलाडीलाई सतर्क गराउनुभएको हो। पछिल्ला सात खेलमा फ्रान्सले पोल्यान्डसँग हार बेहोरेको छैन। तर प्रशिक्षक डिडियर भन्नुहन्छ, “पोल्यान्डको टिममा अहिले अनुभवी खेलाडीको जमात छ। विश्वकै सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक (रोवर्ट) लेवान्डोस्की हुनुहुन्छ। हामी पोल्यान्डको खेलको गहन अध्ययन गर्दै छौँ। पोल्यान्डलाई कमजोर सम्झेका छैनौँ।”
नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो ।
लुम्बिनी प्रदेश फाइनलमा
साबिक विजेता लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ५८ रनले हरायो । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
विजेता महर्जनलाई खेलाडीको बधाई
जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभासद् विजेता मिनकृष्ण महर्जनलाई शनिबार बधाई र सफल कार्यकालको शुभकामना दिएको छ ।
विश्वकपबाट टोली बाहिरिएपछि प्रशिक्षकको राजीनामा
फिफा विश्वकपमा आफ्नो टोली समूह चरणमा पराजित भएपछि प्रशिक्षकले राजीनामा दिने लहर नै चलेको छ । कतारमा जारी विश्वकपको २२औँ संस्करणमा समूह चरणबाट टोली बाहिरिएपछि राजीनामा दिने प्रशिक्षक तीन जना पुगिसकेको छ ।
फिफा विश्वकपको नकआउट समीकरण पूरा
कतारमा जारी २२औं फिफा विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै विश्वकपमा नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।
अस्ट्रेलियाको खेमामा मेसीको त्रास
अर्जेन्टिना र अस्ट्रेलिया एकअर्काविरुद्ध विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भिड्दै छन्। यति बेला अस्ट्रेलियाका खेलाडीहरूको मनमस्तिष्कमा अर्जेन्टिनाका हस्ती लियोनेल मेसी मात्र छन्। यस विश्वकपमा चम्केका अस्ट्रेलियाली फरवार्ड म्याथ्यु लिकी भन्नुहुन्छ, “मेसीले फुटबलको मैदानमा गर्ने काम अरूले गर्नै सक्दैन।” अस्ट्रेलियाका डिफेन्डर मिलोस डेगेनले आफूहरू विश्वकपको मैदानमा सम्भवतः विश्वकै महान् फुटबलरविरुद्ध खेल्न गइरहेको भनाइ राख्नुभयो।
स्वीट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमा प्रवेश
सर्बियामाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलका प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा
समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।
नेपाल र नामिबियाको खेलमा वर्षा बाधक
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ ।
नामिबियालाई नेपालको एक सय ९८ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियालाई जितको लागि एक सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।
म्याराथनमा प्रथम शेर्पालाई नगदसहित सम्मान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले महिला हाफ म्याराथनमा प्रथम समपाल्मु शेर्पालाई नगदसहित सम्मान गरेको छ।
खेलाडी उत्पादनमा सहयोग पुर्याउन फुटबल प्रतियोगिता
ताप्लेजुङको एक धार्मिक विद्यालयले आधारभूत तह स्तरमा अध्ययनरत विद्यार्थीको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश
सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिमेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
नेपाल पहिले ब्याटिङ गर्दै
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।