• १२ मंसिर २०८१, बुधबार

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

blog

पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको (एपीएफ) क्लवबीचको पोखरा रंगशालामा शनिबार आयोजित फाइनल खेल हेर्दै दर्शक। तस्बिरः धनबहादुर गुरुङ/रासस

काठमाडौं, माघ १४ गते। सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ। 

पोखरा रङ्गशालामा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो। 

पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५-२२ ले जित्यो। तेस्रो सेटमा २५-८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५-२२ अङ्कले जित्दै विजेता बनेको हो। 

एपिएफले पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार प्राप्त गरेको छ। प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल सुरु भएको छ। 

भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो।