• ९ पुस २०८२, बुधबार

कर्णाली काेरिडोर खण्डमा सवारी दुर्घटना : छ जना घाइते

blog

दुर्घटना भएको सवारी साधन । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, पुस ९ गते ।
जमुना हिल्सा जोड्ने कर्णाली काेरिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश  ०२ ००१ ख. ०९२४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ  ।

रास्कोट नगरपालिका–८ मा पर्ने काेरिडोरको नडी भन्ने ठाउँमा सवारी साधन दुर्घटना भएको हो । स्थानीय प्रभाखर बरालका अनुसार घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको छ ।

घाइतेहरूको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्न समय लागेकाले उद्धारमा ढिलाइ भएको बरालले बताउनु भयो । प्रहरीले भने उद्धारको प्रयास भइरहेको र दुई तर्फ सान्तिघाट र थिर्पुबाट प्रहरी घटनास्थल तर्फ गइरहेको जनाएको छ ।