• १४ वैशाख २०८१, शुक्रबार

सोसिडाडसँग बराबरीमा रोकियो रियल

blog

खेलको क्रममा सोसिडाडका खेलाडी घाइते भएपछि उपचार गरिँदै । तस्बिर : एएफपी

काठमाडौं, माघ १६ गते । स्पेनि ला लिगा फुटबलको उपाधि दाबेदार टोली रियल म्याड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा आइतबार राति भएको गोलका लागि अवसर बनाए पनि रियलले गोल गर्न सकेन ।

बराबरीसँगै रियल दोस्रो स्थानमा यथावत् छ । रियलको १८ खेलबाट ४२ अङ्क पुगेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ४७ अङ्क छ । रियललाई रोकेको सोसिडाडको १९ खेलबाट ३९ अङ्क पुगेको छ ।

अन्य खेलमा सेल्टा भिगोले एथ्लेटिक बिल्बाओलाई, एट्लेटिको म्याड्रिडले ओसासुनालाई र रियल भालाडोलिडले भ्यालेन्सियालाई समान १–० गोलले पराजित गरेको छ । एजेन्सी