• ८ वैशाख २०८१, शनिबार

जोकोभिचलाई अष्ट्रेलियन ओपन उपाधि

blog

अष्ट्रेलियन ओपन टेनिसको उपाधिसहित नोभाक जोकोभिच । तस्बिर : रोयटर्स

काठमाडौं, माघ १५ गते । अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।

३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३,७–६(७–४), ७–६(७–५) को जित निकाल्नुभयो । जोकोभिचको यो कीर्तिमानी १०औं अष्ट्रेलियन ओपन उपाधि हो । यससँगै उहाँले २२औं ग्रान्डस्लाम उपाधि जित्नुभएको छ ।

जोकोभिचले सर्वाधिक २२औं पटक ग्रान्डस्लाम उपाधि जित्ने राफेल नाडालको कीर्तिमान समेत बराबरी गर्नुभएको छ । महिलातर्फको उपाधि भने बेलारुसकी आर्यना साबलेन्काले जित्नुभएको छ । एजेन्सी