• १६ चैत २०८०, शुक्रबार

सिटीसँग आर्सनल पराजित

blog

आर्सनलविरुद्ध गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ १४ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराउँदै पाँचौँ चरणमा स्थान बनायो ।

सिटीको जितमा नाथन एकेले गोल गर्नुभयो । नाथनले ६४औँ मिनेटमा ज्याक ग्रेलिसको पासमा गरेको गोल सिटीको जितमा प्रयाप्च बन्यो । ४६ प्रतिशत बल पोसेसन राखेको आर्सनलले गोलका लागि अवसर बनाएपछि सिटीको रक्षापंक्ति तोड्न सकेन । एजेन्सी