• ४ जेठ २०८१, शुक्रबार

बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान

blog

काठमाडौं, माघ १५ गते । थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सुस्मालाई आइतबार फाउन्डेसनले २५ हजार रुपियाँसहित सम्मान गरेको हो । सुस्मालाई  फाउन्डेसनको तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सम्मान गर्नुभयो । सुस्माले महिला ४८ केजी तौल समूहमा  रजत जित्नुभएको थियो । फाइनलमा उहाँ उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अङ्कका आधारमा पराजित हुनुभएको थियो ।

एसियन बक्सिङ महासङ्घको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो । सम्मानित भएपछि सुस्माले यसअघि तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनुभवले यसपटक रजत जित्न सकेको बताउनुभयो ।

आगामी दिनमा थप राम्रो गर्ने बताउँदै उहाँले सम्मानका लागि शिरीष गुरुङको फाउन्डेसनलाई धन्यवाद दिनुभयो । फाउन्डेसनका सचिवालय प्रमुख जगतमान श्रेष्ठले सुस्माको खेल विकासका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।