अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास
बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो ।
यू–१८ अन्तर्राष्ट्रिय रग्बीको तयारी पूरा
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दशरथ रङ्गशालामा शनिबारदेखि सुरु हुने यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
नेपाल बलियो स्कटल्यान्डसँग खेल्दै
नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा आज (बिहीबार) नेपालले बलियो टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
पोर्चुगेली फुटबलका नयाँ नायक रामोस
कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाउनुभएको छ । स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्नुभयो। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बन्नुभएको छ। रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।
आगामी विश्वकपमा ४८ टिमको चर्चा
कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्।
नेपाल नामिबियासँग ८६ रनले पराजित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
नेपाल आज नामिबियासँग खेल्दै
नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा
कतारमा जारी २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
नेमारको पुनरागमनसँगै लयमा ब्राजिल
कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाल्नुभयो। नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा नेमारले गोल पनि गर्नुभयो।
लामो बन्दै डिबालाको पर्खाइ
अर्जेन्टिनाका स्ट्राइकर पाउलो डिबालाले मङ्गलबार आफ्नो इन्स्ट्राग्राममा लियोनेल मेसीसहितको तस्बिर राखेर आफ्नो हाँसो कायम राख्दै अगाडि बढौँ भन्ने पोस्ट गर्नुभएको छ।
प्रशिक्षक बेन्टोको राजीनामा
दक्षिण कोरियाका पोर्चुगली प्रशिक्षक पल बेन्टोले ब्राजिलसँगको हारपछि आफ्नो पदबाट राजीनामा दिने जानकारी दिनुभएको छ। ५३ वर्षीय प्रशिक्षक बेन्टो सन् २०१८ को अगस्टमा दक्षिण कोरियाली फुटबल टिमको प्रशिक्षक नियुक्त हुनुभएको थियो। उहाँले आफूले टिम छोड्ने जानकारी दक्षिण कोरियाको फुटबल सङ्घ र खेलाडीहरूलाई दिइसकेको र यो सही समय भएको बताउनुभयो। दक्षिण कोरियाले यस विश्वकपमा बेन्टोको प्रशिक्षकत्वमा उहाँकै देश पोर्चुगललाई २–१ ले हराएर नकआउट चरणमा स्थान बनाएको थियो।
स्वीट्जलरज्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल क्वार्टरफाइनलमा
स्वीट्जरल्यान्डमाथि गोल वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक रंगशालामा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलले हरायो ।
स्पेनलाई टाइब्रेकरमा हराउँदै मोरोक्को क्वार्टरफाइनलमा
स्पेनलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं ओपनको पहिलो दिन रविको अग्रता
सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले ६ अन्डर ६२ खेल्नुभयो ।
जर्मनीका फुटबल निर्देशकको राजीनामा
चार पटकको विश्वकप च्याम्पियन जर्मनीका लागि कतारमा जारी विश्वकप फुटबल विर्सनलायक बन्यो । उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिनुभएको छ ।
सूर्य नेपाल काठमाडौँ गल्फ आजदेखि
सूर्य नेपाल गल्फ टुरअन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मङ्गलबार सुरु हुनेभएको छ। रोयल नेपाल गल्फ क्लबमा हुने सो प्रतियोगिता ७२ होलमा खेलाइनेछ। दुई चरणपछि २१ व्यावसायिक गल्फरले मात्र ३६ होलका लागि अन्तिम चरणमा स्थान बनाउनेछन्। अन्तिम चरणमा छ एमेच्योर गल्फरले पनि प्रवेश पाउनेछन्।
एमबापे, मेसीसरह रोनाल्डो चम्किने अपेक्षा
कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएको छैन। हुन त रोनाल्डो पहिलो खेलमा घानाविरुद्ध गोल गरेर पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको थियो। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। उहाँको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ तर रोनाल्डो त्यसपछि दुई खेलमा शान्त नै देखिनुभयो। रोनाल्डोका समर्थकहरू उहाँले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणका लागि बचाएर राख्नुभएको विश्वास गर्छन्। पोर्चुगलले मङ्गलबार अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध खेल्दा रोनाल्डोसमक्ष समर्थकको अपेक्षामा खरो उत्रने चुनौती तथा अवसर हुनेछ। यद्यपि
दक्षिण कोरियामाथि सनसनीपूर्ण जित निकाल्दै ब्राजिल क्वार्टरफाइनलमा
स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४-१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।
जापानलाई टाइब्रेकरमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा
साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो ।
गोल्डेन बुट होइन उपाधिमा चासो : एमबाप्पे
फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान व्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको बताउनुभएको छ ।
सुदूरपश्चिम च्याम्पियन
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।
ब्राजिलविरुद्ध दक्षिण कोरियाको अग्निपरीक्षा
विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाविरुद्ध सोमबार प्रिक्वाटरफाइनल खेल्दा ब्राजिल र यो टिमसँग सम्बन्धित सबैका लागि भावनात्मक खेल हुनेछ। क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बन्ने भएको हो। विश्वकपबाट नै उदाएका पेलेले ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाउनुभएको छ। पेलेलाई विश्वकै सर्वकालीन महान् फुटबलर पनि मानिएको छ। ८२ वर्षीय पेलेलाई अहिले पनि विश्व फुटबलकै एक आदर्श व्यक्तित्वका रूपमा लिइन्छ। त्यसैले स्टेडियम ९७४ मा दक्षिण कोरियाविरुद्ध खेल्दा ब्राजिलका खेलाडीको मनमस्तिष्कमा पक्कै पनि पेले हुनुहुनेछ।
विश्वकप जित्ने मेसीको सपना कायम
लियोनेल मेसीले आफ्नो १०००औँ खेलमा गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पु¥याउनुभएको छ। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै गरेका मेसीलाई विश्वको सबभन्दा ठूलो प्रतियोगिताले अहिलेसम्म लोभ्याइरहेको छ। विश्वकपको उपाधि खडेरीलाई तोड्न मेसी तयार देखिनुहुन्छ। विश्वकपको नकआउटमा पहिलो गोल गरेर मेसीले आइतबार बिहान अर्जेन्टिनालाई अस्ट्रेलियाविरुद्ध २–१ को जित दिलाउन सहयोग गर्नुभयो। खेलको ३५औँ मिनेटमा बायाँ खुट्टाको प्रहारद्वारा मेसीले बल गोलपोस्टमा छिराउनुभएको छ। अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्ड पनि विपक्षी कप्तान मेसीको प्रशंसा नगरिरहन सक्नुभएन। मेसी विशेष छन्, उहाँले भन्नुभयो।
इङ्ग्ल्यान्डको सानदार जित
अफ्रिकी टोली सेनेगलमाथि सानदार जित निकाल्दै इङ्ग्ल्यान्ड कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।