• ६ जेठ २०८१, आइतबार

एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

blog

एएफसी कंग्रेसबाट निर्वाचित पदाधिकारीहरु । तस्बिर : एएफसी

काठमाडौं, माघ २० गते । अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङ एसियाली फुटबल महासङ्घ (एएफसी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ । बहराइनमा बुधबार अबेर सम्पन्न एएफसीको ३३औँ कांग्रेसबाट नेम्वाङ सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको एन्फाले जनाएको छ ।  दक्षिण एसियाली क्षेत्रबाट भुटानका युगेन सेचत एएफसीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस क्षेत्रबाट अर्को सदस्यमा माल्दिभ्सका बसम अदेल जालिल निर्वाचित हुनुभएको छ । एएफसीको अध्यक्षमा बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा पुनः निर्वाचित हुनुभएको छ ।

खालिफाको यो तेस्रो कार्यकाल हो । नेपालबाट एफसीमा यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सदस्य हुँदै उपाध्यक्षसम्म बनेर एएफसीमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।