• १४ जेठ २०८१, सोमबार

काराबाओ कप : युनाइटेड र न्युक्यासलबीच उपाधि भिडन्त

blog

नटिङघमविरुद्ध गोल गरेपछि युनाइटेडका फ्रेड । तस्बिर : एएफपी

काठमाडौं, माघ २० गते । म्यानचेस्टर युनाइटेड काराबाओ (इएफएल ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई २-० गोलले हरायो ।

युनाइटेडको जितमा एन्थोनी मार्सियल र फ्रेडले गोल गर्नुभयो । मार्सियलले ७३औं र फ्रेडले ७६औं मिनेटमा गोल गर्नुभएको थियो । युनाइटेडले समग्रमा ५–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा युनाइटेड ३–० गोलले विजयी भएको थियो ।

उपाधिका लागि म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडसँग खेल्नेछ । न्युक्यासलले साउथह्याम्पटनलाई समग्रमा ३–१ गोलले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल खेल फेब्रुअरी २६ तारिख हुनेछ । एजेन्सी