• ६ जेठ २०८१, आइतबार

साफ यू–२० महिला फुटबल : नेपालको खराब सुरुवात

blog

काठमाडौं, माघ २१ गते । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।

बङ्गलादेशको जितमा शाहिदा अक्तर रिपाले दुई तथा मस्ट अक्लिमा खातुनले एक गोल गर्नुभयो । नेपालकी मनमाया दमाइले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै बङ्गलादेशले तीन अङ्क बनाएको छ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ ।

शुक्रबारनै भएको खेलमा भारतले भुटानलाई १२–० गोलले पराजित गरेको थियो । राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले लिगको दोस्रो खेल आइतबार भुटानसँग र अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।