एमबाप्पे चम्किएपछि फ्रान्स नकआउट चरणमा
केलियन एमबाप्पे चम्किएपछि फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधि
राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको छ। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। पोर्चुगलले बिहीबार राति घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले पहिलो गोल गर्नुभएको थियो। ३७ वर्षीय रोनाल्डोले खेलको ६५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो। रोनाल्डोले आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गर्नुभएको छ।
अमेरिका र इङ्ग्ल्यान्डको गोलरहित बराबरी
फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
मेक्सिकोसँग खेल्नुअघि अर्जेन्टिना दबाबमा
विश्वकप फुटबल प्रतियोगिता भइरहेको सहरमा अहिले साउदी अरबका समर्थक मात्र होइन ब्राजिलमा पनि अहिले ‘ह्वयर इज मेसी’ एउटा गीत गुन्जिरहेको छ। जुन साउदी अरबसँग अर्जेन्टिनाको हारपछि मेसीलाई गिज्याउन बनेको छोटो गीत हो। साउदी अरबसँगको अप्रत्याशित र अकल्पनीय हारपछि अर्जेन्टिनामाथि समूह चरणबाट बाहिरिने खतरा पनि मडारिएको छ। अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने अभियान कायम राख्न शनिबार मेक्सिकोलाई हराउनुपर्नेछ। मेसीले पनि भन्नुभयो, “हामीले पहिले नै भनेका थियौँ, अर्जेन्टिना यहाँ हरेक खेल जित्न आएको हो। पहिलो खेल हारेपछि अब मेक्सिकोसँग जित्नु अझ अपरिहार्य बनेको छ।”
भ्याली पब्लिकको विजयी सुरुवात
आयोजक भ्याली पब्लिकले १५औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेको छ ।
रोनाल्डोले रच्नुभो पाँचौं विश्वकपसम्म गोल गर्ने खेलाडीको कीर्तिमान
कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपको पाँचौं संस्करणसम्म गोल गर्ने खेलाडीको कीर्तिमान बनाएसँगै कतार विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको समूह ‘एच’ को खेलमा पोर्चुगलले अफ्रिकी देश घानालाई ३-२ गोलले हरायो ।
अभ्यास खेलमा नेपाल पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपाली क्रिकेट टोली बिहीबार भएको पहिलो अभ्यास खेलमा भारतीय क्लब दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन (डिडिसिए) सँग दुई विकेटले पराजित भएको छ ।
स्वीट्जरल्यान्डको विजयी सुरुवात
स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो ।
रशिला र अनु अन्तिम आठमा
नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।
भ्याली पब्लिक बास्केटबल शुक्रबारदेखि
भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
फुटबलर प्रिजेनलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराईरहनु भएका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्रोही म्याराडोना
इतिहासले उनलाई महान् फुटबलर भनेरै चिन्दछ। जब उनी तीन वर्षका भए तब उनका भाइले उनलाई फुटबल उपहार दिएका थिए। त्यो बलसँग उनको लगावको सीमा रहेन, छ महिनासम्म सो बल सिरानीमा राखेर उनी सुते। तिनै बालक पछि विश्व प्रसिद्ध भए, डियगो म्याराडोना उनको पहिचान बन्यो। १० वर्षको उमेरमै म्याराडोनाले रोजा एस्ट्रेला क्लबका लागि खेलेका थिए। १५ वर्षको हुँदा उनले अर्जेन्टिनोस जुनियर्सका लागि व्यावसायिक खेल जीवन सुरु गरे। उनको जन्म अर्जेन्टिनाको ब्युनर्स आयर्सको एक गरिब बस्तीमा भएको थियो। बाबु डन डियगो र आमा साल्चाडोरा फ्रयाङ्कोबाट तीन छोरीको जन्म भएपछि म्याराडोना जन्मिएका थिए। त्यसपछि लगातार भाइबहिनी जन्मिँदा म्याराडोनाको परिवारमा कुल आठ भाइबहिनी भए। सन् १९८१ मा उ
अफ्रिकामा विश्वकप
सबै महादेशमा पालैपालो विश्वकप आयोजना गर्ने फिफाको नीतिअनुसार अफ्रिकी महादेशको दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप आयोजना ग-यो। अफ्रिकाका पाँच देशले आयोजनार्थ आ–आफ्नो प्रस्ताव राखेका थिए। फिफाको कार्यकारी कमिटीले संयुक्त आयोजना नगराउने निर्णय लिएपछि ट्युनिसिया पछाडि हट्यो भने लिबियाको एकल प्रस्तावले प्रस्तावित मापदण्ड पूरा गर्न नसकिने देखियो। यी दुई राष्ट्रको प्रस्ताव असफल भएपछि सन् २००४ मा फिफामा भएको मतदानबाट दक्षिण अफ्रिकालाई आयोजना अधिकार प्रदान गरियो, मोरक्को र इजिप्ट असफल भए।
म्यान्चेस्टरबाट रोनाल्डोको छुट्टी
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अहिले विश्वकप फुटबलमा सहभागी हुन कतारमा हुनुहुन्छ। यसै समयमा म्यानचेस्टर युनाइटेडले रोनाल्डो अब क्लबमा नरहने घोषणा गरेको छ।
ब्राजिलले सर्बियाको चुनौती पार गर्ने अपेक्षा
ब्राजिल सर्वाधिक पाँच पटक विश्वकप जितेको र अहिले फिफा वरीयतामा नम्बर एक स्थानमा रहेको टिम हो। त्यसैले पनि ब्राजिललाई धेरै प्रस्ट उपाधि विजेताका रूपमा लिँदै छ।
सेनाका पविन दोश्रो चरणमा
नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गर्नुभएको छ ।
फिफा ट्रफीका डिजाइनर
विश्वकपको इतिहासमा इटालीको मिलानका प्रसिद्व मूर्तिकार सिल्भियो ग्याजानिगालाई ‘म्यास्ट्रो’ अर्थात् ‘महान् गुरु’ भनेर सम्झिने गरिन्छ। उनी सन् १९२१ जनवरी २३ मा इटालीको मिलान सहरमा जन्मिएका थिए। ‘मोनालिजा’ बनाउने महान् कलाकार लिओनार्दो दा भिन्सी पनि मिलानमै जन्मिएका हुन्। मूर्तिकार ग्याजानिगाले स्टाविलिमेन्टो आर्टिसटिको वर्तोनी कम्पनीमा काम गर्दा ‘फिफा कप ट्रफी’ डिजाइन गर्ने अर्डर पाएका थिए। ब्राजिलले सन् १९५८, १९६२ र १९७० तीन पटक जुलेस रिमेट विश्वकप जितेपछि कहिले पनि नफर्काउने गरी ट्रफी लग्यो र फिफाले नवट्रफी निर्माण गर्नु आवश्यक भयो।
डेनमार्क र ट्युनिसियाको बराबरी
डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
जोकोभिचलाई उपाधि
सर्बियाका नोभाक जोकोभिचले तेस्रो वरीयताप्राप्त कास्पर रुडलाई ७–५, ६–३ ले हराएर एटीपी फाइनल्सको उपाधि जित्नुभएको छ। जोकोभिचले टेनिस सत्रको अन्तिम प्रतियोगिता छैटौँ पटक जितेर रोजर फेडररको कीर्तिमानको बराबरी पनि गर्नुभयो । यस प्रतियोगिताका पछिल्ला दुई फाइनलमा जोकोभिच पराजित हुनुभएको थियो। उहाँ सात वर्षपछि एटीपी फाइनल्समा च्याम्पियन बन्नुभएको हो।जोकोभिच यस प्रतिष्ठित प्रतियोगिता जित्ने सर्वाधिक पाका खेलाडी पनि बन्नुभएको छ।
कतार विश्वकपलाई स्वर्णिम बनाउने रोनाल्डोको चाहना
पाँचौं पटक विश्वकप फुटबलमा सहभागिता जनाउन लाग्नुभएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपलाई स्वर्णिम बनाउन चाहेको बताउनुभएको छ ।
इङ्ग्ल्यान्डलाई एसियाली देश इरानको चुनौती
कतार विश्वकप अन्तर्गत आज (सामेबार) समूह ‘बी’ को दुई खेल हुँदैछ । साँझ ६ः४५ बजे हुने खेलमा युरोपको वलियो टोली इङ्ग्ल्यान्डले एसियाली देश इरानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको अनुभवी टोली इङ्ग्ल्यान्ड विश्वकपमा दोस्रो पटक एसियाली देशको सामना गर्दैछ ।
दुई उद्देश्यसहित सेनेगलविरुद्ध खेल्दै नेदरल्यान्ड्स
विश्वकप २०२२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सोमबार सेनेगलसँग खेल्दा विश्वलाई दुई कुरा देखाउने प्रयास गर्नेछ। पहिलो सेनेगलविरुद्ध जित हात पारी आफू पनि ब्राजिल, अर्जेन्टिना र गत विजेता फ्रान्ससरह उपाधि दावेदार हो अनि पछिल्लो विश्वकपमा चयन हुन नसके पनि यस पटक युरोपको शीर्ष टिमका रूपमा कतार आएको हो भन्ने। पहिलो खेलअघि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुहुन्छ, “हामीसमक्ष विश्व च्याम्पियन बन्ने ठूलो अवसर छ। यस्तो दाबी गर्न प्रशिक्षकहरू डराउँछन् तर म दाबी गर्न सक्छु,” उहाँ भन्नुहुन्छ।