• १३ असोज २०८१, आइतबार

दुलाल तेस्रो चरणमा प्रवेश

blog

विश्व भेट्रान्स टेवलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपालका राजेन्द्र दुलाल । तस्बिर : सौजन्य राखेप

काठमाडौं, माघ ५ गते । नेपाली खेलाडी राजेन्द्र दुलाल ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स टेवलटेनिस च्याम्पियनसिपको पुरुष ४५ वर्षमाथि समूहको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ ।

बिहीबार भएको खेलमा दलालले भारतका पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सेटमा हराउनुभयो । १५ देखि सुरु भएको च्याम्पियनसिपमा नेपालबाट दुलालसहित संजय अर्याल, प्रकाशवहादुर धाख्वा, रक्त मानन्धर र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा अनिता महर्जन हुनुहुन्छ । च्याम्पियनसिप २१ तारिखसम्म चल्नेछ ।