• १२ असार २०८१, बुधबार

जोकोभिच तेस्रो चरणमा

blog

काठमाडौं, माघ ५ गते । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा बिहीबार भएको खेलमा जोकोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो । 

नौ पटकका च्याम्पिपयन जोकोभिचले एन्जोलाई ६–१, ६–७(५–७), ६–२, ६–० ले हराउनुभएको थियो । ३५ वर्षीय जोकोभिचले गत वर्ष कोभिड–१९ को खोप नलगाएका कारण खेल्न पाउनुभएको थिएन । आयोजकले यसपटक भने खोप नलगाएका खेलाडीलाई पनि प्रदेश दिएको छ । एजेन्सी