काठमाडौं, माघ ५ गते । थाइल्यान्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गर्नुभएको छ ।
महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जित्नुभयो । ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा हराउनुभयो ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वार्टरफाइनल खेल्नुहुनेछ । यस्तै ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले क्वार्टरफाइनलमा लाओसका खेलाडीसंग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।