• ६ जेठ २०८१, आइतबार

उपाधि दौडमा बार्सिलोना बलियो

blog

बेटिसविरुद्ध गोल गर्दै बार्सिलोनाका राफिन्हा । तस्बिर : एएफपी

काठमाडौं, माघ २० गते ।  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि दौड थप बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलेनाले रियल बेटिसलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गर्नुभयो । १० खेलाडीमा समेटिएको रियलले बार्सिलोनाबाट आत्मघाती उपहार पाएको थियो । बल पोसेसनमा अब्बल रहेपनि बार्सिलोनाले दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो । ६५औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको उत्साह जगाउनुभयो ।

त्यसपछि ८०औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । ८५औँ मिनेटमा बार्सिलेनाका जुलेस कुन्डेले आत्मघाती गोल गरेपछि बेटिस खेलमा फर्कने दाउमा थियो । तर इन्जुरी समयमा विलियम कार्भाल्हो सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि बेटिसले हारसँगै १० खेलाडीमा खेल सकेको थियो । 

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा आठ अङ्कको अग्रता बनाएको छ । बार्सिलोनाको १९ खेलबाट ५० अङ्क छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ४२ अङ्क छ । पराजित बेटिस ३१ अङ्कसहित छैटौँ स्थानमा छ । एजेन्सी