• १० मंसिर २०८१, सोमबार

क्रिकेटमा ‘स्पट फिक्सिङ’ प्रकरण

क्यान अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग

blog

पत्रकार सम्मेलनमा क्यानका सदस्यहरु ।

काठमाडौं, माघ १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सात जना केन्द्रीय सदस्यहरूले सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।

सदस्यहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराधका लागि क्यानले बाटो खोलिदिएको भन्दै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् । राजीनामा माग गर्ने सदस्यहरूमा ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहनुभएको छ । 

सदस्यहरूले क्यान कार्यसम्पादन समितिमा रहनुभएका अध्यक्ष चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा दिन माग गर्नुभएको हो । 

केन्द्रीय सदस्य ऋषिराम गौतमले सङ्घले भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्ससँग नेपाल टी–२० लिगका लागि सम्झौता गरिनु नै गम्भीर गल्ती भएकोले बताउनुभयो । ‘‘सङ्घका केही व्यक्तिले एकलौटी ढंकले बेटिङ कम्पनीलाई लिगको अधिकार दिँदा नेपाली क्रिकेटको भविष्य अन्योलमा परेको छ ।

आगामी दिनमा यसले नराम्रो नजिर स्थापना गरेकोले कार्यसम्पादन समितिले राजीनामा नदिएसम्म हामी आन्दोलन गर्नेछौँ,’’ गौतमले भन्नुभयो । अर्को सदस्य छुम्बी लामाले गैरकानूनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भनेर स्वीकार गरिसकेपछि राजीनामाको विकल्प नभएको बताउनुभयो ।

‘‘गल्ती भयो भन्म्किनेर केही उम्किन पाउँदैन । गलत तरिकाले गरिएको सम्झौताका कारण उदीयमान खेलाडी सिआईबीको हतकडीमा परेका छन् । यसको दोषी क्यान अध्यक्ष चन्द र कार्यसम्पादन समिति हो,’’ लामाले भन्नुभयो । 

सदस्यहरूले ग्लोबल टेन्डरविनै बेटिङ कम्पनीलाई लिग गर्न दिनु गम्भीर भूल भएको विषयमा पटक पटक आग्रह गर्दा नसुनिएको बताएका छन् । सदस्यहरूले क्यान भित्र विधान विपरीत अवाञ्छित काम भइरहेको र क्रिकेटलाई डुबाउने नेतृत्वलाई बर्खास्तकी र कारबाही गर्न माग पनि गरेका छन् ।