• २३ असार २०८१, आइतबार

महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त

blog

महिला टोलीको प्रशिक्षमा नियुक्त अनन्त थापालगायत । तस्बिर : एन्फा

काठमाडौं, माघ १५ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो । 

अनन्तको मुख्य प्रशिक्षणमा नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ तारिखको बीचमा भारतमा हुनेछ ।

यस्तै एन्फाले महिला टोलीको व्यवस्थापकमा वृन्दा देवान, सहायक प्रशिक्षकमा गङ्गा गुरुङ र गोलरक्षक प्रशिक्षकमा सुरजकुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।