• १५ वैशाख २०८१, शनिबार

नेपालका तीन खेलाडीले मोई थाई विश्व च्याम्पियनसिप खेल्दै

blog

मोई थाई विश्च च्याम्पियनसिप टोलीको विदाई गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ १६ गते । थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म आयोजना हुने डब्लुबीसी मोई थाईको विश्व च्याम्पियनसिपमा  नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको छ । नेपालबाट ३१ केजी तौल समूहमा १३ वर्षीय गेन्जी राई, ५३ केजीमा लालबहादुर तामाङ  र ६३ केजीमा डिग विजयसिंह राठोरले प्रतिस्पर्धा गर्नुहुनेछ ।

नेपाली टोलीको अफिसियलमा राजु राई र पुरन रोकाया हुनुहुन्छ । टोलीलाई बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, डब्लुबीसी मोइ थाई नेपालका महासचिव दीपक तामाङलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली सोमबार नै थाइल्यान्ड प्रस्थान गरेको छ ।