काठमाडौं, माघ २८ गते । खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र हस्तान्तरण गरेको छ । विश्वविद्यालयकी सहसंयोजक गीता क्षेत्री राणाले राखेप सदस्यसचिव टङ्कलाल घिसिङलाई शनिबा र प्रस्तावित आशय पत्र हस्तान्तरण गर्नुभयो ।
आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, अवसर र उपाय, शैक्षिक कार्यक्रम र पाठ्यक्रम, उपादेयता तथा नीतिगत व्यवस्थापनका विषयमा उल्लेख गरिएको छ ।
नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्न आवश्यकता महसुस गरी राखेपले नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको थियो ।