• ८ वैशाख २०८१, शनिबार

मेस्सीको निर्णायक गोलमा पीएसजी विजयी

blog

गोल गरेपछि खुशी मनाउँदै लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, माघ २२ गते । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा टुलुसविरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानामा आइतबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाइर्ए पूनरागमन जित दिलाउन अच्रफ हाकीमी र लियोनल मेस्सीले गोल गर्नुभयो । टुलुसका ब्रान्को भान डेन बुमेनको सुरुवाती गोल सान्त्वनामा परिणत भयो । बुमेनले २०औं मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो ।

त्यसपछि ३८औं मिनेटमा हाकीमीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ५८औं मिनेटमा मेस्सीले हाकीमीको पासमा गोल गर्दै पीएसजीलाई जिताउनुभयो । चर्चित स्ट्राईकरद्वय केलियन एमबाप्पे र नेयमार अनुपस्थित यस खेल जित्न पीएसजीलाई गाह्रो भएको थियो । चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर रहनुभएको हो । 

जितसँगै शीर्षस्थानमा यथावत रहेको पीएसजीले २२ खेलबाट ५४ अंक बनाएको छ । पराजित टुलुस २९ अंकसहित १२औं स्थानमा छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मार्सेलीको ४६ अंक छ । एजेन्सी