विजयकुमार साह
ढल्केबर, माघ २६ गते । नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
आर्मीका लागि कमला चन्दले ३, सीता चौधरी, सरस्वती तामाङ र निलिमा पाण्डेले एक–एक गोल गर्नुभयो । यस्तै, दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १–० गोलले हराउँदै लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ ।
सो खेलमा अनन्या बर्णवालले गोल गर्नुभयो । उहाँले गर्नुभएको १ गोल नै लुम्बिनी प्रदेशलाई फाइनल पुग्न सहयोग गरेको हो । अब प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।