• १४ जेठ २०८१, सोमबार

बार्सिलोनाको सहज जित

blog

गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ २३ गते । स्पेनि ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो । 

जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आठ अङ्कको अग्रता बनाएको छ । बार्सिलोनाको जितमा जोर्डी अल्वा, पाब्लो गाभी र राफिन्हाले गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा बार्सिलेनाले ५८औं मिनेटमा अल्वाको गोलमा खाता खोलेको थियो । 

त्यसपछि ७०औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । ७९औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ५३ अङ्क बनाएको छ । 

दोस्रो स्थानमा रहेको रियलको ४५ अङ्क छ । पराजित सेभिया २१ अङ्कसहित १६औं स्थानमा छ । आइतबार राति नै भएको खेलमा रियल मालोर्कासँग १–० गोलले पराजित भयो । यस हारले रियलले बार्सिलोनासँग दूरी छोट्याउने मौका गुमायो । एजेन्सी