• ६ जेठ २०८१, आइतबार

म्याड्रिड डर्वी बराबरी

blog

एट्लेटिकोविरुद्ध गोल गर्दै रियलका अल्भारो रोड्रिगेज । तस्बिर : एएफपी

काठमाडौं, फागुन १४ गते । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

प्रतिस्पर्धात्मक म्याड्रिड डर्वीमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो । जोसे मारिया जिमिनेजले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो । यसअघि एट्लेटिको ६४औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

एन्जल कोर्रेयाले रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । त्यसपछि ८५औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई हारबाट जोगाउनुभएको थियो ।

बराबरीसँगै २३ खेलबाट ५२ अङ्क बनाएको रियल दोस्रो स्थानमा छ । ४२ अङ्क बनाएको एट्लेटिको चौथो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ५९ अङ्कसहित शीर्षस्थानमा छ । एजेन्सी