• ६ जेठ २०८१, आइतबार

मच्छिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

blog

सेतो जर्सीमा मछिन्द्र र एपीएफका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खडका 

बिर्तामोड, फागुन १४ गते । मच्छिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी भद्रपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हरायो ।

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । उहाँले १७औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । सुजल म्यान अफ दि म्याच बन्दै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

फाइनलमा मच्छिन्द्रले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार पाउनेछ ।