• ६ जेठ २०८१, आइतबार

आर्सनलको कठिन जित

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र लेस्टरका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १४ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो । 

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्नुभयो । मार्टिनेलीले ४६औँ मिनेटमा ट्रासोर्डको पासमा गोल गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले २४ खेलबाट ५७ अङ्क बनाएको छ । पराजित  लेस्टर २४ अङ्कसहित २४औँ स्थानमा छ ।

आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा पाँच अङ्कले अगाडि छ । सिटीको ५२ अङ्क छ । शनिबार राति नै भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ गोलले हरायो । अर्को खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।