• ६ जेठ २०८१, आइतबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन

blog

काराबाओ कपमा न्युक्यासलविरुद्ध गोल गरेपछि युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १५ गते । काराबाओ (इएफएल) कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्वली स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो ।

युनाइटेडले ६ वर्षपछि यस उपाधि उचालेको हो । यसअघि सन् २०१७ मा साउथह्याम्पटनलाई हराएर युनाइटेडले उपाधि जितेको थियो । युनाइटेडलाई जिताउन क्यासमिरोले गोल गर्नुभयो । युनाइटेडले अर्को गोल उपहार पाएको थियो । 

क्यासमिरोले ३३औं मिनेटमा लुका साको फ्रिकिकमा हेड गोल गर्नुभएको थियो । त्यसपछि विपक्षी स्भेन बोटम्यानले ३९औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बायो । दोस्रो हाफमा दवै टोलीबाट थप गोल नहँदा यनाइटेड सजिलै विजयी भयो । एजेन्सी