• ६ जेठ २०८१, आइतबार

सातदोवाटो केपी ओली कप फुटबलको फाइनलमा

blog

गोल गरेपछि सातदोवाटोका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १५ गते । सातदोवाटो यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथका ६–५ गोलले हरायो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबु बकारी, एकराज बुढाथोकी र विलियम असिडिउले गोल गर्नुभयो । दीपक राज सिंह ठकुरीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथले बचाउनुभएको थियो । सडन डेथमा सुरज गुरुङ र पासाङ लामाले गोल गर्नुभयो । 

आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्वे र नवयुग श्रेष्ठले गोल गर्नुभयो । विकास खवासको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।  सडन डेथमा दीपक गुरुङले गोल गर्दा सुदिल राईको प्रहारलाई विपक्षी गोलरक्षक अभिषेक बरालले बचाउनुभएको थियो । 

अभिषेक म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । अर्को सेमिफाइनलमा आजै मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।