• ६ जेठ २०८१, आइतबार

बुढासुब्बा गोल्डकप : पहिलो खेलमा भारतको जित

blog

 निशा राई             

धरान, फागुन १३ गते।  २३ औं  बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई  भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।              

 शनिबार भएको उद्घाटन खेलमा  छिमेकी रास्ट्रको युकेएफसी भारत र धरान क्लब आयोजक टिमबी भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटमा  गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो।

पेनाल्टी सुट आउटमा धरानका रिवश मास्केको प्रहार युकेएफसीका गोलकिपर मनोज प्रधानले रोक्नुभयो। धरानका रोमन लिम्बु, दोर्जे शेर्पा र मदन लाबुनले गोल गर्नुभयो भने युकेएफसीका आकाश प्रधान, सुब्रतो सोरेन, राज राउत, सिद्धान्त क्षेत्री र साशील राईले गोल गर्नुभएको थियो।               

खेलको म्यान अफ द म्याच युकेएफसीका गोल रक्षक मनोज प्रधान घोषित हुनुभयो। उहाँले नगद ३५ हजार पुरस्कार  प्राप्त गर्नुभएको छ। आइतबारको दोस्रो क्वाटर फाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ। 

२३ औं  बुढासुब्बा टुबोर्ग फुटबलको विजेताले नगद  १० लाख, ट्राफी, मेडल, प्रमाणपत्र  र उपविजेताले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छ।