• १२ मंसिर २०८१, बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

blog

क्रिकेटर सन्दीप लामिछाने ।

काठमाडौं, फागुन १५ गते । क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाइ आज (सोमबार) हुँदैछ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो ।

बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो । त्यस्तै, आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सन्दीपले पनि सर्वोच्चमा निवेदन दिनुभएको छ ।